Posts

राम्रो बानी#Schools of Nepal#

Image

नेपाली व्याकरण शिक्षण - वचन सिक्ने सजिलो उपाय

Image

अवसर चाहिएको छ

  अवसर चाहिएको छ -रत्नाकुमारी विश्वकर्मा मलाई आरक्षण होइन अवसर चाहिएको छ म आफूलाई तिमीजस्तै देख्छु उही बनावट, स्वरुप र आकृतिमा फरक यति छ कि तिमीलाई जन्मदै मिल्छ सम्मानसहितको सामाजिक स्वीकारोक्ति मलाइ भने मेरी आमाको गर्भबाट जन्मदै लगाइन्छ जातीय विभेदको कसी   तिमीलाई चोट लाग्दा दुख्ने घाउहरू मलाई पनि उस्तै रुपमा चर्याउँछन् तिमी खुला आकाशमा स्वतन्त्र उडेका छौ अनि म जन्मदै सिप र कौशलले कुदिएको बबुरो पखेटा अङ्कुराउन नपाउँदै भाँचिदिइन्छ तिमी वायुमण्डलमा स्वतन्त्र उड्दै आरामले श्वास लिइरहेका हुन्छौ बिडम्वना मेरो मनोविज्ञानलाई यति आघात पारिन्छ कि मलाइ निस्सासिएर उकुसमुकुसको जिन्दगी बाँच्न विवश बनाइन्छ मलाई पनि तिमीजस्तै   यो खुला आकाशमा स्वतन्त्र उड्नु छ   हरेक संवेग उस्तै रूप, रङ, बनावट अनि रगतको रङ उस्तै क्षमता उस्तै तिमी र म आमाको गर्भाशयमा आत्माको रूपमा प्रवेश गर्ने माध्यम पनि एउटै रुवाइ, हुर्काइ, बढाइ सबै उस्तै फरक त केवल सम्पन्नता र विपन्नताको अवसर र अनवसरको फेरि किन खनिँदै छ तिमी र मबिच विभेदको खाडल   म पनि अवसर पाए

आऊ नव वर्ष

Image
रत्नाकुमारी विश्वकर्मा   उमङ्ग बनेर आऊ नव वर्ष २०७८ तिमीलाई स्वागत छ ती विगतका तिता भोगाइहरूलाई बिर्साउने नवीन उर्जा बनेर आऊ प्रत्येक चेलीको अभिभावक बनेर आऊ बलत्कारीको काल बनेर आऊ भ्रस्टको भण्डाफोर गर्ने ताकत बनेर आऊ प्रत्येक वर्ष आफ्ना बिदेसिएका सन्ततिको आगमनको पर्खाइमा बस्ने ती अभिभावकको मुहारको आभा बनेर आऊ त्यस्ता पुरुष पात्रलाई जन्माइदेऊ नव वर्ष जो नारी सम्मानलाई आफ्नो परम धर्म ठान्छ सबैमा जननीको स्वरुप देख्छ विभेदको जालो च्यात्ने हतियार बनेर आऊ शोषण, अन्याय, अत्याचार, दमन विरुद्धको संविधान बनेर आऊ विभेदकारी मनोविज्ञानलाई संहार गरी सदृश सोचको विजारोपरण गर्ने अदम्य साहस बनेर आऊ गरिब निमुखा र सर्वहाराको आवाज बनेर आऊ चर्किएका घाउहरूको मलम बनेर आऊ हरेकको स्पन्दनमा अपनत्वको भाव रोप्दै भाइचारा, समानता र एकताको सुत्रमा बाध्ने लखाकी बनेर आऊ आऊ नव वर्ष तिमीलाई सहस्र स्वागत छ हृदयको अन्तस्करणदेखि नव उर्जा र उमङ्ग बोकी आऊ अँध्यारोको कालो बादल फाडेर उज्यालो बनी आऊ ।।।। लेखक: रत्नाकुमारी विश्वकर्मा

बानी

          बानी                                                                                       लेखकः रत्नाकुमारी विश्वकर्मा           अर्काको  इर्ष्या डाहा गर्ने कस्तो बानी तिम्रो भित्र खोइरो खन्दै हिड्ने बाहिर भने चाम्रो ।। सक्छौ भने प्रगति गर छ है शुभकामना आफ्नो समय खेर नफाल लिर्इ द्वेष मनमा ।। सम्बन्ध बिगार्न कति सिपालु पुर्ख्यौली पेशा हो कि सरलताको फाइदा लुट्न हिड्छ्यौ खोजी खोजी ।। जसले पौरख गर्न सक्छ उसले संसार जित्छ असल विचार राख्नुमा नै सम्पूर्णको हित छ ।।                                          

सानासाना नानी(कविता)

                                              😊 सानासाना नानी😊                   सानासाना नानीको                              कति मिठो बोली छ                                तोतेतोते पारेको                               सुन्न यो मन आतुर छ ।।                                               हरपल त्यो मुहार                                                                 खुसियाली छाकोछ                                                                 कुनैै छैन पीर चिन्ता                                                                 खुला आकाश भाकोछ ।।                        कुनै रिसराग छैन                         ईश्वरको स्परुप छ                        उनी हाँस्दा खुसीले                         ब्रम्हाण्ड नै खुल्दछ ।।                                       😊रत्नाकुमारी विश्वकर्मा