अवसर चाहिएको छ -रत्नाकुमारी विश्वकर्मा मलाई आरक्षण होइन अवसर चाहिएको छ म आफूलाई तिमीजस्तै देख्छु उही बनावट, स्वरुप र आकृतिमा फरक यति छ कि तिमीलाई जन्मदै मिल्छ सम्मानसहितको सामाजिक स्वीकारोक्ति मलाइ भने मेरी आमाको गर्भबाट जन्मदै लगाइन्छ जातीय विभेदको कसी तिमीलाई चोट लाग्दा दुख्ने घाउहरू मलाई पनि उस्तै रुपमा चर्याउँछन् तिमी खुला आकाशमा स्वतन्त्र उडेका छौ अनि म जन्मदै सिप र कौशलले कुदिएको बबुरो पखेटा अङ्कुराउन नपाउँदै भाँचिदिइन्छ तिमी वायुमण्डलमा स्वतन्त्र उड्दै आरामले श्वास लिइरहेका हुन्छौ बिडम्वना मेरो मनोविज्ञानलाई यति आघात पारिन्छ कि मलाइ निस्सासिएर उकुसमुकुसको जिन्दगी बाँच्न विवश बनाइन्छ मलाई पनि तिमीजस्तै यो खुला आकाशमा स्वतन्त्र उड्नु छ हरेक संवेग उस्तै रूप, रङ, बनावट अनि रगतको रङ उस्तै क्षमता उस्तै तिमी र म आमाको गर्भाशयमा आत्माको रूपमा प्रवेश गर्ने माध्यम पनि एउटै रुवाइ, हुर्काइ, बढाइ सबै उस्तै फरक त केवल सम्पन्नता र विपन्नताको अवसर र अनवसरको फेरि किन खनिँदै छ तिमी र मबिच विभेदको खाडल म पनि अवसर पाए
सुन्दर बालरचना
ReplyDeleteहार्दिक आभार
Delete