कविता
शीर्षक धान
असारमा रोपेर
मङ्सिरमा थन्काइन्छ धान
धान नहुँदो हो त
कसैको पनि हुँदैनथ्यो जीवन ।।
किसान पसिना बहाउँछन्
दिनरातै खेतबारी
मानो छरेर मुरी उब्जाउँछन्
भर्छन् सबको आँत जगतभरि ।।
धानका नाम थरिथरि
मार्सी, जेठे बुढो, पहेँले झिनुवा, गुर्दी
नामअनुसार यिनका
गुणस्तर र स्वाद हुन्छन् थरिथरि ।।
हुन त धानबाहेकका
अरू पनि हुन्छन् अन्न
तर पनि धानकै भात
खाएजस्तो आनन्द अरू खाँदा हुन्न ।।
---लेखक ः रत्नाकुमारी विश्वकर्मा
Comments
Post a Comment