बानी
बानी
लेखकः रत्नाकुमारी विश्वकर्मा
अर्काको इर्ष्या डाहा गर्ने कस्तो बानी तिम्रो
भित्र खोइरो खन्दै हिड्ने बाहिर भने चाम्रो ।।
सक्छौ भने प्रगति गर छ है शुभकामना
आफ्नो समय खेर नफाल लिर्इ द्वेष मनमा ।।
सम्बन्ध बिगार्न कति सिपालु पुर्ख्यौली पेशा हो कि
सरलताको फाइदा लुट्न हिड्छ्यौ खोजी खोजी ।।
जसले पौरख गर्न सक्छ उसले संसार जित्छ
असल विचार राख्नुमा नै सम्पूर्णको हित छ ।।
Comments
Post a Comment