आऊ नव वर्ष

रत्नाकुमारी विश्वकर्मा

 

उमङ्ग बनेर आऊ नव वर्ष २०७८

तिमीलाई स्वागत छ

ती विगतका तिता भोगाइहरूलाई बिर्साउने

नवीन उर्जा बनेर आऊ

प्रत्येक चेलीको अभिभावक बनेर आऊ

बलत्कारीको काल बनेर आऊ

भ्रस्टको भण्डाफोर गर्ने ताकत बनेर आऊ

प्रत्येक वर्ष आफ्ना बिदेसिएका सन्ततिको आगमनको पर्खाइमा बस्ने

ती अभिभावकको मुहारको आभा बनेर आऊ

त्यस्ता पुरुष पात्रलाई जन्माइदेऊ नव वर्ष

जो नारी सम्मानलाई आफ्नो परम धर्म ठान्छ

सबैमा जननीको स्वरुप देख्छ

विभेदको जालो च्यात्ने हतियार बनेर आऊ

शोषण, अन्याय, अत्याचार, दमन विरुद्धको संविधान बनेर आऊ

विभेदकारी मनोविज्ञानलाई संहार गरी

सदृश सोचको विजारोपरण गर्ने अदम्य साहस बनेर आऊ

गरिब निमुखा र सर्वहाराको आवाज बनेर आऊ

चर्किएका घाउहरूको मलम बनेर आऊ

हरेकको स्पन्दनमा अपनत्वको भाव रोप्दै

भाइचारा, समानता र एकताको सुत्रमा बाध्ने लखाकी बनेर आऊ

आऊ नव वर्ष तिमीलाई सहस्र स्वागत छ

हृदयको अन्तस्करणदेखि नव उर्जा र उमङ्ग बोकी आऊ

अँध्यारोको कालो बादल फाडेर उज्यालो बनी आऊ ।।।।

लेखक: रत्नाकुमारी विश्वकर्मा

शिक्षक महेन्द्र माध्यमिक विद्यालय घार्मी कास्की ।।।


                   


                   

                     

 

Comments

Popular posts from this blog

अवसर चाहिएको छ

राम्रो बानी